Birendranagar Municipality

पुर्वगृहमन्त्री खड्का चढेको गाडि दुर्घटना

सेरोफेरो
पुर्वगृहमन्त्री खड्का चढेको गाडि दुर्घटना

४ चैत्र । नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री पुर्णबहादुर खड्का चढेको गाडि दुर्घटनामा परेको छ । सुर्खेत वीरेन्द्रनगर बाट भेरीगंगा नगरपालीकाको मसिनातर्फ जांदै गर्दा गाडि दुर्घटनामा परेको जिल्ला ट्राफीक कार्यालयका प्रमुख कवि शेन्चुरीले बताएका छन् ।

 

पुर्वगृहमन्त्री खड्का चढेको बा १५ च ८३५४ नम्बरको गाडि भेरीगंगा नगरपालीकाको सप्तरीमा सडकको बायाँ भित्तामा मोडियर दुर्घटनामा परेको हो । दुर्घटनामा खड्काका अंङ्गरक्षक सन्दिप आचार्यको टाउकोमा चोटलागेको बताईएको छ ।

 

आचार्यको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागांउमा उपचार भईरहेको छ । पुर्वगृहमन्त्री खड्का भने सकुशल छन् । दुर्घटनाको कारण भने खुल्न नसकेको ट्राफीक प्रमुख शेन्चुरीले बताएका छन् ।

२०७४ चैत्र ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्