५ चैत । प्रदेश ५ मा तीन जना मन्त्री थपिने निश्चित भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले सपथ लिएको ३३ दिनपछि सोमबार दोस्रोपटक आफ्नो मन्त्रिमण्डल बिस्तार गर्न लागेका हुन् ।
प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीका अनुसार मन्त्री हुनेमा नेकपा एमालेका लिला गिरी र आरती पौडेल तथा नेकपा माओवादी केन्द्रका सुदर्शन बराल रहेका छन् ।
गिरीले सामाजिक विकास मन्त्रालय, पौडेलले कृषि मन्त्रालय र बरालले बन, वातावरण र पर्यटन मन्त्रालयको जिम्मेवारी लिनेछन्।
प्रतिकृया दिनुहोस्