Birendranagar Municipality

विप्द जोखिम न्युनिकरण गर्न अभिमुखिकरण

सेरोफेरो/सुर्खेत

४ चैत। लेकवेशी नगरपालिका वडा नम्बर ५ नेटामा विप्द जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ सम्बन्धि अभिमुखीरण कार्यक्रम सम्पन्न गरिएको छ ।


युएसआइडीको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाद्धारा संचालित पहल परियोजना अन्तर्गत गरिएको अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष खड्कबहादुर रास्कोटीको अध्यक्षतामा २१ सदस्यीय विप्द पुर्व तयारी तथा प्रतिकार्य समिति समेत गठन गरेको छ ।


विपद् सम्बन्धि कार्यक्रम तथा योजना तर्जुमा गर्न, घटना हुनसाथ परिचालित हुन समुदाय स्तरबाट पुर्व तयारी तथा प्रतिकार्य गर्ने हुन सक्ने उद्देश्यले समिति गठन गरिएको परियोजनाका विपद् जोखिम व्यवस्थापन अधिकृत रविन्द्रकुमार चन्दले बताए ।


कार्यक्रममा वडा स्थित जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, विषयगत कार्यालयका प्रमुख एव्म प्रतिनिधि, सामुदायिक बनका प्रतिनिधि, सहकारी, उपभोत्ता समितिका सदस्य लगायत वडा स्थित अन्य सरोकारवाला निकायको उपस्थित रहेको थियो । 

२०७४ चैत ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्