Birendranagar Municipality

सात हजार नौ सय ९२ ले एसइइ दिंदै

सेरोफेरो/सुर्खेत
सात हजार नौ सय ९२ ले एसइइ दिंदै

५ चैत । कर्णाली प्रदेशको सुर्खेत जिल्लामा एसइइ तर्फका नियमित विद्यार्थीको संङ्ख्या गतवर्षको तुलनामा बढेको छ । 

 

२०७३ सालको परीक्षामा नियमित तर्फ ६ हजार ९ सय ४५ विद्यार्थी सामेल भएका थिए भने यस बर्ष ७ हजार १ सय ७४ विद्यार्थी उक्त परीक्षामा सहभागी हुँदैछन् । यो संख्या गत बर्षभन्दा २ सय २९ ले बढी हो ।


गत वर्षको परीक्षामा ग्रेडवृद्धिमा १ हजार ९ सय ७ विद्यार्थी थिए भने यो वर्ष ग्रेड वृद्धिको संङ्ख्या शून्य रहेको छ । त्यस्तै एक्जेम्टेड तर्फ ८ सय १८ विद्यार्थी रहेका छन् ।एसइइका लागि तिसवटा परीक्षा केन्द्र रहेको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ । ७५ प्रतिशत हाजिर नपुगेका २ सय ८० जना परीक्षाबाट दिनबाट बञ्चित हुने जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी भोजप्रसाद लम्सालले जानकारी दिए ।


सोमबारै जिल्ला शिक्षा कार्यालयले ३० जना केन्द्राध्यक्षलाई प्रशिक्षण समेत दिएको छ । परीक्षालाई पारदर्शी र मर्यादित बनाउन सबै प्रयत्न पुरा भएको लम्सालले बताए । ३० केन्द्रमा ४ महिला केन्द्राध्यक्ष सुर्खेतका ३० मध्ये ४ परीक्षा केन्द्रमा मात्र महिला केन्द्राध्यक्ष छन् ।

 

सूर्यप्रकाश मावि पलैंटेमा अमृता बुढाथोकी, जनज्योती मावि बड्डिचौरमा भगवती कोईराला, बागेश्वरी मावि राकममा कौशल्यादवी सिंह र भैरव मावि अवलचिङ्गमा बिमला रेग्मी केन्द्राध्यक्ष रहेका छन् । महिला जनशक्तिनै कम भएकोले केन्द्राध्यक्ष कम भएको अमृता बुढाथोकीले बताएकी छन् ।

 

ढुक्क भएर परीक्षा दिनुहोस्
चैत ८ देखि हुन लागेको एसइई परीक्षाको लागि आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा परीक्षा संयोजक उमाप्रसाद चर्तुवेदीले बताएका छन् । उनले भने– ‘जिल्लाका ३० वटा परीक्षा केन्द्रमा शान्तिपुर्ण तथा मर्यादिते तबरले परीक्षा सञ्चालन गर्नका आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको छ । विद्यार्थीहरुले कुनै भयमा नपरी परीक्षा दिनुहोला ।’ परीक्षालाई लक्षित गरी २ सय ५० सुरक्षाकर्मी खटाइएको छ ।

२०७४ चैत ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्