Birendranagar Municipality

सातै प्रदेशका मुख्यमन्त्री र सचिवसंग प्रधानमन्त्रीले संयुक्त छलफल गर्ने

सेरोफेरो
सातै प्रदेशका मुख्यमन्त्री र सचिवसंग प्रधानमन्त्रीले संयुक्त छलफल गर्ने

६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई काठमाडौं बोलाएका छन् । प्रदेश सरकार सञ्चालनमा भएको अन्यौलता हटाउने विषयमा प्रधानमन्त्री ओलीले उनीहरुसंग संयुक्त छलफल गर्नेछन् ।

 

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार ओलीले बुधबार बालुवाटारमा उनीहरुसंग छलफल गर्नेछन् । उनका अनुसरा संघीयता कार्यान्वयनको सुरुवाती चरणमा देखिएका अन्यौलता चिर्न तथा केन्द्र र प्रदेशबीच क्षेत्राधिकारमा विवाद नहोस् भनेर छलफल गर्न लागिएको हो ।

२०७४ चैत ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्