६ चैत्र । कर्णाली प्रदेशको विकासको लागि प्राविधिक शिक्षाको खाँचो भएको सामाजिक विकास मन्त्री दल रावलले बताएका छन् । आइए विए र एमए पढेर भारतका कालापहाड र खाडि मुलुकमा जानुपर्ने अप्राविधिक शिक्षाको साटो प्राविधिक शिक्षाको विकास तर्फ लाग्ने उनको भनाइ छ ।
नेताले भोटको लागि जागिरको आशा देखाउने अवस्थाको अन्त्य गर्न सिपमुलक तथा प्राविधिक शिक्षा नै आवश्यक भएकोले यसको विकास र विस्तारमा मन्त्रालयले ध्यान दिने प्रतिवद्धता जनाएका हुन् ।
सेरोफेरो संगको कुराकानीमा मन्त्री रावलले प्रचुर सम्भावना भएको यो प्रदेशको स्रोत र साधानको अधिकतम प्रयोगवाट गरिबी र अशिक्षाको जालो हटाउन प्रदेश सरकार प्रतिवद्ध भएको बताए ।
मन्त्री रावलसंगको कुराकानी हुर्नुहोस्
प्रतिकृया दिनुहोस्