७ चैत । प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग बुधबार लगातार ६ घन्टा बैठक गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान सवा ११ बजेदेखि शुरु भएको बैठक साँझ सवा ५ बजे सकिएको हो।
बैठकमा प्रदेश सरकारले भोग्नु परेको कर्मचारी अभाव, कानून निर्माण र बजेटका विषयमा छलफल भएको थियो । पहिले सातै मुख्यमन्त्रीले आफ्ना धारणा राखेका थिए। लगत्तै प्रधानमन्त्री ओलीले सबै मुख्यमन्त्रीलाई एक आपसमा प्रतिष्पर्धा हुनेगरी काम गर्न सुझाएका थिए ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्री ओलीले संघीय मुलुकमा व्याप्त समस्या समेटेर सरकारले चाँडै नै श्वेत पत्र जारी गर्ने बताएका थिए । बैठकमा केन्द्र सरकारका मन्त्री तथा प्रदेशका प्रमुख सचिवहरुको पनि उपस्थिति थियो।
(तस्बिर : हेलो सरकारको ट्वीटरबाट)
प्रतिकृया दिनुहोस्