Birendranagar Municipality

आगोले जलेको बालकलाई अनमोल फाउण्डेसनको राहत

सेरोफेरो/सुर्खेत
आगोले जलेको बालकलाई अनमोल फाउण्डेसनको राहत

७ चैत । विश्व सामाजिक कार्य दिवसको उपलक्ष्यमा अनमोल फाउन्डेसनले आगलागीबाट शरीर जलेका निराजन नेपालीलाई सहयोग गरेको छ । मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार गराइरहेका चौकुने गाउँपालिका ९ घाटगाउँका पीडित वालकका परिवारलाई फाउण्डेसनले बुधबार ६ हजार पाँच सय रुपैंया सहयोग गरेको हो । 

 

बच्चाको उपचार अस्पतालले निशुल्क गर्ने भएपछी परिवारलाई अन्य व्यवस्थापन सहज होस् भनेर सहयोग गरिएको फाउण्डेसनका अध्यक्ष निराजन शाहीले बताए ।


गत २९ गते घरमा राखिएको सोलार सट भएर आगलागी हुदा जगत नेपालीको छोरी ४ वर्षिया अनुसा नेपालीको मृत्यु भएको थियो भने प्रदिप नेपालीको ६ वर्षिय छोरा निराजन गम्भिर घाइते भएका थिए । मृतक छोरीको पोष्टमार्टमको लागि कैलाली गएका परिवारले घाइते छोराको सामान्य उपचार पछी घर फर्किएका थिए ।

 

‘पहिले गाउँमै घरायसी औषधि लगायौं, निको नभएपछि यता ल्याउने सोचमा थियौं, आज सांसद पद्मा खड्काले गाडी पठाइदिएपछी वीरेन्द्रनगर आयौं’ प्रदिपले सेरोफेरोसंग भने । आफु मजदुरीमा गएको समयमा आगलागी भएकोले घरको सम्पुर्ण सामान नष्ट भएको उनले बताए ।

 

परिवारका अनुसार घाइते बच्चा मानसिक रुपमा विक्षिप्त भएको छ । अनुसालाई बचाउ, आगो आगो भन्दै एक्लै बर्बराउने र डराउने गरेको आमा अमृता नेपालीले बताइन । फाउण्डेसनका अध्यक्ष शाहीका अनुसार अस्पतालको डिस्चार्ज पश्चात बालकलाई मनोसामाजिक परामर्श दिइने छ ।

 

२०७४ चैत ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्