Birendranagar Municipality

एमयुका थापा र जिसी 'विद्यार्थी राजदुत' नियुक्त

सेरोफेरो/सुर्खेत

८ चैत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिकशास्त्र संकायअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विभाग (आईआर)ले विद्यार्थीद्वय तुल्सी थापा र विष्णु जिसीलाई विद्यार्थी राजदुत नियुक्त गरेको छ । बिहिबार आयोजित स्नातकोत्तर तह प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको एक भेलाले आईआर क्लब समेत गठन गरेको छ । 

 

उक्त भेलाले बद्री बरालको अध्यक्षतामा ११ सदस्यीय क्लब गठन विभागीय प्रमुख तेजविक्रम बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार क्लबले अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति सम्बन्धी विभिन्न गोष्ठी, सेमिनार, अन्तरक्रिया आयोजना गर्ने, विद्यार्थी लाईब्रेरीको व्यवस्था गर्ने, क्याम्पस सरसफाई, खेलकुद लगायत अतिरिक्त क्रियाकलाप संचालन गर्ने, अन्तर्राष्ट्रिय भ्रमण, सभा, सम्मेलमा सहभागी बनाउन पहल गर्ने उद्देश्य राखेको छ ।

 

उनले भने, 'यसले विद्यार्थीहरुको सकृयता बढ्नुका साथै पठनपाठनमा पनि हौसला प्रदान गर्छ । अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विषयको महत्व समाजमा बुझाउन विद्यार्थी राजदुत नियुक्त गरिएको हो ।'

  

विभागले आगामि वैशाख १९ र २० गते अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विषयक दुई दिने अनुसन्धान गोष्ठी आयोजना गर्ने निर्णय समेत गरेको छ।

२०७४ चैत ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्