८ चैत । काठमाडौं ८ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुलाई आरक्षण र संरक्षणमा भन्दा क्षमता र प्रतिष्पर्धामा विश्वास गर्न आग्रह गरेका छन् ।
राष्ट्रिय महिला उद्यमी महासंघले बिहिबार ललितपुरको सानेपामा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७४ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘आरक्षण केही समयलाई हो । पछिलाई काम लाग्दैन ।’
अखिल नेपाल महिला संघको अगुवाइमा दशक अघि सुरु भएको ३३ प्रतिशत आरक्षणको उपलब्धी अहिले ४१ प्रतिशतमा पुगेको प्रधानमन्त्री ओलीले बताए । ‘महिलाहरुले सुरुमा ३३ प्रतिशत आरक्षण मागेका थिए ।’ प्रधानमन्त्री ओलीले भने ‘स्थानीय तहदेखि संघीय संसदसम्म हेर्ने हो भने अहिले महिलाको प्रतिनिधित्व ४१ प्रतिशत पुगेको छ । यसलाई हामी छिट्टै ५० प्रतिशत पुर्याउँदैछौं ।’
महिलाहरुको आर्थिक सवलीकरण नभएसम्म प्रतिष्पर्धी क्षमता बिस्तारमा कठिनाइ हुनसक्ने भएकोले त्यसतर्फ पनि ध्यान दिनुपर्ने उनको भनाई छ ।
प्रधानमन्त्री ओलीले मेलामा प्रदर्शनीका लागि राखिएका घरेलु उत्पादनका सामाग्रीहरुको निरीक्षण पनि गरेका थिए ।
प्रतिकृया दिनुहोस्