Birendranagar Municipality

स्व. सुदर्शन सिग्देलको नाममा वृद्धाश्रमलाई सहयोग, २ लाखको शैक्षिक कोष स्थापना

सेरोफेरो/सुर्खेत
स्व. सुदर्शन सिग्देलको नाममा वृद्धाश्रमलाई सहयोग, २ लाखको शैक्षिक कोष स्थापना

८ चैत । अमेरिकाको भर्जिनियामा मृत्यु भएका स्व. सुदर्शन सिग्देलको नाममा सुर्खेतस्थित प्रशान्ति वृद्धाश्रमलाई सहयोग गरिएको छ ।

 

स्व. सिग्देलको ११ औं पूण्य तिथिमा बिहिबार वीरेन्द्रनगरस्थित उनको परिवारले बृद्धाश्रमलाई २० हजार रुपैया सहयोग गरेका हुन् । स्वर्गीय सिग्देलका हजुरबुबा यज्ञप्रसाद सिग्देलले उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।

 

स्वर्गीय सिग्देलको नाममा शैक्षिक क्षेत्रमा योगदान गर्ने उद्देश्यले दुई लाख रुपैयाको अक्षय कोष समेत खडा गरिएको छ । सिग्देलका काका वसन्त सिग्देलका अनुसार गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढ्न प्रेरित गर्न उक्त अक्षय कोषको स्थापना गरिएको हो । उनले भने, 'शोकलाई शक्तिमा बदल्न सामाजिक सेवाको भावनाले यस कार्य गरिएको हो । तर कुन शैक्षिक संस्थाबाट उक्त छात्रवृत्ति दिने भन्ने निर्णय गर्न बाँकी छ ।'


हृदयघातका कारण गत फागुन २८ गते २२ बर्षिय सिग्देलको मृत्यु भएको थियो ।

 

२०७४ चैत ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्