९ चैत । छायाँनाथ रारा नगरपालिकाले मुगुको सदरमुकाम गमगढी क्षेत्रलाई प्रविधि मैत्री बनाउने निर्णय गरेको छ । नगरपालिकाले आगामि बैशाख १ देखि नगर क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गर्दैछ ।
बिहिबार नगर प्रमुख हरिजङ्ग शाहीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले गमगढी बजार क्षेत्र प्रविधिमैत्री बनाउन र अपराध न्युनीकरण गर्न सिसिटिभी, साइरन सेट तथा लाइट स्थानमा जडान गर्ने निर्णय गरेको हो । नगर कार्यसभाबाट अनुमोदन हुने गरी उक्त गृहकार्य शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
नगरको उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, प्रहरी नायव उपरीक्षक भिम किरण बोगटी लगायात, उपप्रमुख सुन्तला रोकाया लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस्