Birendranagar Municipality

मौन अवधिमा के के गर्न हुँदैन ?

२८ बैशाख, काठमाडौं– स्थानीय तहको निर्वाचनका लागि दलहरुले प्रचार प्रसार गर्ने समय आजबाट सकिएको छ । मतदान गर्ने समयभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि शुरु हुन्छ । मौन अवधिमा भोट माग्न पाईंदैन । 

 

निर्वाचन आचारसंहिता, २०७२ बमोजिम मौन अवधि भन्नाले मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलको समय भन्ने बुझिन्छ ।


मौन अवधिमा पालना गर्नुपर्ने कुराहरु यसप्रकार छन् । 

 
निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने ।


मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मीटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने ।


एसएमएस, फेसबुक, भाइवर जस्ता विद्युतीय माध्यामद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।


उमेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टीकर, लोगो, झोला, ट्याटु, जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने ।


उमेदवार र राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

 

स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश ३, ४ र ६ मा बैशाख ३१ मा हुँदैछ । 

maun abadhi

२०७४ बैशाख २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्