Birendranagar Municipality

सिमकोटमा स्थापना भएको वालगृृह मापदण्ड बिपरीत

रत्न भण्डारी (रबिन)/हुम्ला
सिमकोटमा स्थापना भएको वालगृृह मापदण्ड बिपरीत

११ चैत्र । सदरमुुकाम सिमकोट मा संचालन रहेको वालगृृह मापदण्ड बिपरीत संचालन भएको पाइएको छ । वाल गृहको अवस्थाका वारेमा अनुुगमन गर्ने क्रममा वाल गृृह संचालन सम्वन्धि निर्देशिका बमोजिम नचलेको पाइएको हो ।

 

विगत केही वर्ष देखि सिमकोट हुम्लामा वाल गृृहका रुपमा संचालन रहेको माया सदनले वाल गृृहको नाममा धर्मको प्रचार प्रसार गरेको जिल्ला वाल कल्याण समितिका अध्यक्ष एवं प्रमुुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए । वाल गृृह संचालनका लागि निर्देशिकाले स्पष्ट पारेको भए पनि माया सदनले सो बमोजिम गृृह संचालन नगरेको पाइएकोले पहिलो पटक सचेत गराइएको प्रजिअ शर्माले बताए ।

 

बाल गृृहमा वालमैत्री शौचालय, धारा, भान्सा लगाएतका स्थान वालवालिकाको लागि उपयुुक्त नभएको पाइएको छ । उक्त बालगृहमा एउटा बेडमा पाँच जनासम्म वालवालिका सुताउने गरेको, पोषणयुुक्त खानाको व्यवस्था नगरेको, वालवालिकाको पारिवारिक विवरण स्पष्ट भएको, झुुत्रो कपडा लगाउन दिएको, स्वास्थ्य जाँच जस्ता कुुराको अभिलेख नराखेको जिल्ला अस्पतालका डाक्टर रन्जित कुुमार यादवले बताए ।

 

नौ जना बालिका र एघार जना बालक रहेको उक्त सदनमा विधार्थीलाई पठन पाठन संगै इसाई धर्मको बारेमा प्रचार प्रसार गर्ने गरेको पाइएको डक्टर यादवले जनाए । अनुुगमनका लागि प्रजिअ शर्मा, जिल्ला शिक्षा अधिकारी मदन कुुमार थापा, प्रहरी नायव उपरीक्षक कमल प्रसाद नेपाल, डक्टर यादव, महिला विकास अधिकृत लगायतको सहभागिता रहेको थियो ।


२०७४ चैत्र ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्