Birendranagar Municipality

इट्टा उद्योगमा च्यापीयर एकको ज्यान गयो

सेरोफेरो
इट्टा उद्योगमा च्यापीयर एकको ज्यान गयो

१२ चैत्र । ईट्टा उद्योगमा काम गर्ने मजदुरको इट्टा निकाल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगर ९ स्थित सुर्य ईट्टा उद्योगमा इट्टा निकाल्ने क्रममा मजदुरको ज्यान गएको हो ।

 

भारत उत्तर प्रदेश जिल्ला वहराइज मटेरा कगर गाउँ बस्ने वर्ष ४२ का सुकइलाल तेली साहको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी काम गर्ने क्रममा मृतकका छोरा बर्ष २१ का बल्लु शाह तेलीलाइ चोट लागेको र उनलाइ क्षेत्रीय अस्पताल कालागाउँ पठाइएको जनाइएको छ ।

 

घटनाको अध्ययन भइरहेको र अनुसन्धान पश्चात लासको पोष्टमार्टम गरि घर पठाइने सुर्खेत प्रहरीले जनाएको छ ।

२०७४ चैत्र १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्