१३ चैत । एसइइ परीक्षा दिने एक छात्राको विभत्स हत्या गरिएको छ । सुर्खेतको पञ्चपुरीस्थित श्री सुर्यप्रकाश माबि सालकोट पलैटेमा अध्ययनरत छात्रा गौरीकला रोकायको गएराती उनकै डेरामा हत्या भएको हो ।
हत्या किन र कसरी भयो भन्ने कुरा खुलेको छैन । यद्धपी उनलाई बलात्कार गरी हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । उनको शव पोष्टमार्टमका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेत पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार चारजना हत्याका आरोपीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । अनुसन्धान बाँकी रहेकोले उनीहरुको नाम खुलाइएको छैन ।
१८ बर्षीय गौरीकला परीक्षा दिन श्री बिद्याज्योति माबि बाबियचौर नजिकै मिनबहादुर रावलको घरमा डेरा लिएर बस्दै आएकी थिइन् ।
प्रतिकृया दिनुहोस्