१४ चैत । प्रधानमन्त्री केपीशर्मा ओलीले कर्णाली प्रदेशको रारा तालबाट बैसाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्ध्घाटन गर्न मुगुको राराताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने भएका हुन् ।
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को ७ महाअधिवेशनको आज राजधानीमा उद्ध्घाटन गर्दै प्रधानमन्त्रीओलीले सो जानकारी गरायका हुन् । “कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन बर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु” प्रधानमन्त्री ओलीले भने “राराबाट यसपाली पर्यटनको बिगुल बजाइनेछ ।” समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकोले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नु पर्ने मा प्रधानमन्त्रीको जोड छ ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमित नीति र गतिमा मात्र सञ्चालन नहुने बताए । “यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ” प्रधानमन्त्री ओलीले भने “यो सरकारले नेपाल बनाउँछ । केही बर्षमा मानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरलेण्ड जस्तो भन्नेछन् ।”
प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको सेवक भएकोले कसैलाई दमन नगर्ने समेत बताए । तर हत्या, हिंसा, चन्दाको माध्यमबाट समाजलाई आतंकित पार्नेहरुलाई नछोड्ने समेत उनले चेतावनी दिए । “सरकार जनताको सेवक हो । कसैलाई दमनगर्दैन तर जनतालाई दुःखदिने, आतंक फैलाउनेहरुलाई चाँही छोड्दैन ।”
प्रधानमन्त्री ओलीले महासंघले राष्टिकय राजनीतिमा ठुलो प्रभावनपारे पनि उसका बिचारले राजनीति प्रभावित भएको बताएका छन् । “समाजको गरिखाने बर्गलाई अधिकार दिलाउने, उनीहरुको उत्थान गर्ने काममा जिफन्टको महत्वपूर्ण भूमिका छ” प्रधानमन्त्रीले थपे “अहिलेको सरकारको प्राथमिकता पनि त्यहीहो ।”
तस्विर : प्रधानमन्त्रीको सचिवालय
प्रतिकृया दिनुहोस्