Birendranagar Municipality

युवती हत्यामा ट्राफिक प्रहरीको संलग्नता

सेरोफेरो
युवती हत्यामा ट्राफिक प्रहरीको संलग्नता

१४ चैत्र । सुर्खेतको पञ्चपुरीस्थित श्री सुर्यप्रकाश माबि सालकोट पलैटेमा अध्ययनरत छात्रा गौरीकला रोकायको हत्यामा प्रहरी जवानको संलग्नता रहेको छ ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा दरबन्दी रही इलाका प्रहरी कार्यालय बावियाचौरमा कार्यरत ट्राफिक प्रहरी जवान हरि प्रसाद कोइराला हत्यामा संलग्न भएको प्रहरीले जनाएको छ ।

 

यसैगरी उक्त घटनामा संलग्न रहेको आरोपमा पञ्चपुरी नगरपालिका वडा नं ८ माझिगाउँ सुर्खेत घरभइ वीननपा ६ सुर्खेतमा हरी भोजनालय संचालन गर्ने वर्ष २० को लक्ष्मी बास्तोला सोही ठेगाना भइ बौद्ध ग्रामीण सहकारी संस्था लि. मा कार्यरत वर्ष २८ को खुम प्रसाद बास्तोलालाई पक्राउ गरि अनुसन्धान गरिरहेको सुर्खेत प्रहरी प्रमुख एसपि उमाप्रसाद चर्तुबेदीले बताएका छन् ।

 

उक्त घटनाका आरोपीहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लासको अझै सम्म पोष्टमार्टम भएको छैन । घटनालाइ रहस्यमय भएको अधिकार कर्मीहरुले बताएका छन् ।


१८ बर्षीय गौरीकला परीक्षा दिन श्री बिद्याज्योति माबि बाबियचौर नजिकै मिनबहादुर रावलको घरमा डेरा लिएर बस्दै आएकी थिइन् ।

हेर्नुहोस् प्रहरीको जानकारी

यो पनि पढ्नुहोस्

एसइइ दिन गएकी छात्राको हत्या : चारजना आरोपी पक्राउ

 

२०७४ चैत्र १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्