१५ चैत । सरकारले २०७५ सालको सार्वजनिक विदामा व्यापक कटौति गरेको छ। सरकारको उक्त निर्णयपश्चात् अब शनिबारसहित बार्षिक ८९ दिनमात्र सार्वजनिक विदा हुनेछ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले ६७ दिन सबैका लागि विदा र २२ दिन विभिन्न धार्मिक र सांस्कृतिक विदा दिने निर्णय गरेको हो ।
सरकारको उक्त निर्णयले जाति, समूदाय, धर्म या भेग विशेषको चाडबाड र संस्कृतिका आधारमा राष्ट्रव्यापी बिदा दिने परम्पराको अन्त्य गरेको छ। अब ल्होसार, क्रिसमस, छठ, माघीजस्ता बिदा सम्बन्धित समूदाय, धर्मावलम्बी या भेग विशेषलाई मात्र दिइनेछ।
कटौती गरिएका बिदाहरू
गणतन्त्र दिवस
लोकतन्त्र दिवस
राष्ट्रिय एकता दिवस
सहिद दिवस
राष्ट्रिय प्रजातन्त्र दिवस
घटस्थापना
द्वादशी
कोजाग्रत पूर्णिमा
रामनवमी
श्रीकृष्ण जन्माष्टमी
जनैपूर्णिमा
ऋषिपञ्चमी
लोकतन्त्रका नाममा संविधान दिवसमा मात्र सार्वजनिक बिदा दिइनेछ । उक्त दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाइनेछ । अब संविधान दिवसबाहेक अरू दिवसमा समारोह हुन्छ, तर सार्वजनिक बिदा हुँदैन ।
मन्त्रिपरिषद बैठकले ५७ हजार २ सय ५४ कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय पनि गरेको छ।
संघीय सरकारमा २१ मन्त्रालय र २ हजार ६ सय ५४ कर्मचारीको दरबन्दी रहने निर्णय भएको छ । यसअघि केन्द्रिय सरकारका विभिन्न मन्त्रालयमा ३ हजार २ सय ६० कर्मचारीका दरबन्दी थिए।
प्रतिकृया दिनुहोस्