Birendranagar Municipality

खोला बालै बस्ति छाउपडी गोठ मुक्त

शुभाकर विश्वकर्मा/मुगु
खोला बालै बस्ति छाउपडी गोठ मुक्त

१६ चैत । छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ लाई छाउपडी गोठमुक्त घोषणा गरिएको छ । मुगु जिल्लाको तेस्रो वस्तीको रुपमा बालै बस्तिलाई छाउपडी मुक्त बस्ती घोषणा गरिएको हो ।

 

यसअघि मध्यपश्चिमकै पहिलो वस्तिको रुपमा मुगुको शोभा गाउँलाई छाउ गोठ मुक्त घोषणा गरिएको थियो भने गत माघ २ गते वडा नम्बर ३ माथि तुमलाई पनि छाउगोठ मुक्त गरिएको थियो । महिला छुई हुँदा पालना गर्नुपर्ने आधारभुत कुरा पुरा गरेका ती गाउँलाई छाउगोठ मुक्त वस्ती घोषणा गरिएको हो ।


स्थानीय सरकारको गठनपछि समृद्धिको पहिलो खुड्किलोका रुपमा छाउगोठ मुक्त बस्ती छोषणालाई तिव्रता दिईएको छ । करिब ५५ घरधुरी रहेको उक्त गाउँको जनसंख्या ३ सय हाराहारी छ । विभिन्न चरणको अनुगमन पछि मात्र उक्त घोषणा गरिएको वडा अध्यक्ष हर्क बहादुर ऐडीले बताए ।

 

पछिल्लो समय मुगुका महिला पनि यस अभियान तर्फ आकर्षित भएका छन् । मुगुका अरु सात वटा बस्ती घोषणाको अन्तिम तयारीमा छन् । सोही अवसरमा कर्णाली प्रदेश सरकारको २ दिन श्रम गर्ने निर्देशन अनुसार उक्त गाउँ सरसफाई गरिएको थियो ।

२०७४ चैत १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्