Birendranagar Municipality

बाटो किनारका टहरा हटाउँदै नगरपालिका (भिडियो)

सेरोफेरो

१६ चैत्र । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरका हरेक बाटा घाटामा स-साना टहरा, घुम्टी, ठेला व्यापारले कुरुप जस्तै देखिएको थियो । सार्वजनिक स्थान ढाकिने गरी गरिएका व्यवसाय र त्यसबाट निस्कने फोहोरले शहरलाइ कुरुप बनाएको थियो ।


सुन्दर वीरेन्द्रनगर शहर बनाउने नगरपालिकाको निर्णय अनुसार धमाधम टहरा र सडक किनारका घुम्टी र होर्डिङबोर्डहरु हटाउने अभियान थालेको छ । नगरपालिकाको यस अभियानमा धेरै जसो नागरिकले सहयोग गरेका छन् । केहीले गरिबहरुका टहरा हटाएर नगरपालिकाकाले बिचल्ली गराएको गुनासो गरेका छन् ।

 

नगरपालिकाले दुई महिना अघि देखि अस्थाई टहरा तथा पसल हटाउन सर्वजनिक सुचना गरेको नगरपालिकाका कर्मचारी किशोर कँडेलले बताए । यस्ता पसलको छेउछाउमा मानिसको भिड भई सडक दुर्घटना हुने भएकाले यसलाई अभियानको रुपमा अगाडि बढाइएको उनले बताए ।

 

२०७४ चैत्र १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्