१७ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएको छ। भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत खड्काको शुक्रबार साँझ निधन भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
खड्काको मल्टिपल अर्गान फेलरबाट मृत्यु भएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका ६६ वर्षिय खड्का मृर्गौला रोगले पीडित थिए। उनको शरीरका धेरै अंगले काम गर्न छोडेका थिए।
खड्काको संक्षिप्त जीवन
२००८ जेठ १२ मा दाङको धर्ना गाविस ६ भैंसापथरामा जन्मेका खड्का विपी कोइरालानिकट नेता थिए । पाँच वर्ष नपुग्दै आमा चन्द्रकला खड्काको मृत्यु भोगेका उनी २८ बर्षमा नेपाली काँग्रेसको केन्द्रीय सदस्य बने । उनका बुबा टेकबहादुर खड्का कांग्रेसका जिल्लास्तरीय नेता थिए ।
पहिले राजद्रोह र पछि भ्रष्टाचारको मुद्दामा उनी पटक पटक जेल बसे । कांग्रेसको १३ औं महाधिवेशनमा खड्काले दोस्रो बढी मत पाएर केन्द्रीय सदस्य बनेका थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।
प्रतिकृया दिनुहोस्