Birendranagar Municipality

कांग्रेस केन्द्रीय समितिको जारी बैठक अनिश्चितकालसम्म स्थगित

सेरोफेरो/काठमाडौं
कांग्रेस केन्द्रीय समितिको जारी बैठक अनिश्चितकालसम्म स्थगित

१८ चैत । नेता खुमबहादुर खड्काको निधनको शोकमा कांग्रेसको जारी केन्द्रीय समितिको बैठक स्थगित गरिने भएको छ । चैत ९ देखि जारी बैठकमा निर्वाचन समीक्षा लगायत पार्टी निर्माणका विषयमा छलफल भएको थियो । समीक्षा बैठकमा हालसम्म ४३ जना केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् ।

 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार बिहान ११ बजे बस्ने बैठकमा खड्काको निधनमा शोक प्रस्ताव मात्र पारित हुनेछ र अर्को सूचना जारी नभएसम्मका लागि स्थगित हुनेछ ।


पूर्वगृहमन्त्री एवं कांग्रेसका पूर्वमहामन्त्री खड्काको गत शुक्रबार दिल्लीको एपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको पार्थिव शरीरलाई शनिबार राति सानेपास्थित निवासमा ल्याइएको थियो । उनको शव आइतबार बिहान ९ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा राख्ने र ३ बजे अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा लगिने नेपाली कांग्रेसले जनाएको छ ।

२०७४ चैत १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्