Birendranagar Municipality

सुर्खेतमा फोर्स र ट्याक्टर दुर्घटना : एघार घाइते

सेरोफेरो
सुर्खेतमा फोर्स र ट्याक्टर दुर्घटना : एघार घाइते

१८ चैत्र । वीरेन्द्रनगरमा फोर्स र ट्याक्टर एक आपसमा ठोकिदा एघार जना घाइते भएका छन् । आइतवार विहान करिव ८ः२५ मा एयरपोर्ट तिनकुने चोक नजिक दुर्घटना भएको हो ।

 

सुर्खेत बसपार्कबाट नेपालगंज तर्फ जाँदै गरेको देउती समितिको बा ५ ख २८२७ नम्वरको फोर्स र पिपिरावाट एयरपोर्ट तर्फ आउदै गरेको भे १ त ५३५९ नम्वरको ट्याक्टर एकआपसमा ठोकिएका हुन् । दुर्घटनामा परि विरेन्द्रनगर ७ बस्ने दिपक पाण्डे र गिता पाण्डेलाइ गम्भिर चोट लागेको छ । दुवै जनको खुट्टा भाँचिएको जनाइएको छ ।

 

उनिहरुलाइ नेपालगंज रिफर गरिएको प्रहरीले जनाएको छ । यस्तै विरेन्द्रनगर ७ का पुनम राइ, भरत राई, दुल्लु नगरपालिका वडा नं ७ का पदम प्रसाद रिजाल, विननपा ९ का जानकी भण्डारी र विननपा ११ पिपिराका इधिस बक्स (चालक) को देउति नर्सिङ होममा उपचार भइरहेको छ ।

 

यसैगरी विननपा ९ का इसान श्रेष्ठ, चन्दनसाथ ७ जुम्लाका गोमा नगरकोटी, नेपालगंज उपमहानगरपालिका ७ बाँकेका भिम राजबंसी र राप्ती सुनारी गाउँपालिका ९ बाँकेका मानबीर चौधरीको माया नर्सिङ होममा उपचार भइरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

लेकबेसी नगरपालिका १० साटाखानीका ट्याक्टर चालक गोरख बस्नेतलाइ अनुसन्धानको लागि प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Accident

 

२०७४ चैत्र १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्