Birendranagar Municipality

'पुन निर्माणको काम धिमा गतिमा भयो' प्रधानमन्त्री ओली

सेरोफेरो
'पुन निर्माणको काम धिमा गतिमा भयो' प्रधानमन्त्री ओली

१८ चैत । पुन निर्माणको काम धिमा गतिमा भएकोमा प्रधानमन्त्रीले असन्तुष्टी व्यक्त गरेका छन् ।“निर्माणको काम धिमा गतिमा भयो” प्रधानमन्त्री ओलीले भने “यसलाई गति दिनुपर्छ ।” कतिपय पिडितले मापदण्ड नपुर्‍याइ घर निर्माण गरेको भनेर सरकारले दिने अनुदान रोक्नु जायज नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । “भूकम्प गएको तीन बर्षपछि मापदण्डको फिता र डण्डी लिएर गएर हुदैन” प्रधानमन्त्री ओलीले थपे “निर्माण गरिसकेका घरलाई अनुदान उपलब्ध गराउनु पर्दछ । ”


राष्ट्रिय पुननिर्माण प्राधिकरण परामर्श समितीको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राधिकरणको कामको प्रगतिसँग आफु सन्तुष्ट नरहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जिम्मेवारीको कामलाई कुनै पनि बहानाको आड नलिइ तिव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन् ।

 

पहिला देखि बसोबास गरिआएका तर जग्गाधनी पूर्जा नभएका घरधनीलाई पनि अनुदान रकम उपलब्ध गराउनुपर्ने प्रधानमन्त्री ओलीले बताएका छन् । “त्यस्ता स्वबासीहरु अनुचित ढंगले बसेका होइनन् भने धनीपूर्जा नभए पनि अनुदानको रकम उपलब्ध गराउनु पर्दछ” प्रधानमन्त्री ओलीले भने “यसमा ऐन कानुनले केही अफ्ठ्यारो पार्छ भन्ने सच्याएर अरुले पाए सरह सुबिधा दिने ब्यास्था गर्नुपर्दछ ।”


प्रधानमन्त्री ओलीले सिंहदरबार विश्व विद्यालयमा पढेर आएर अभ्यास गर्ने ठाउँ नभएको स्पष्ट पारेका छन् । सिंहरदरबारको मुल भवनमा भइरहेको रेट्रो फिटिङमा असन्तुष्टी जनाउदै प्रधानमन्त्री ओलीले यो कुन उद्धेश्यले गरिएको हो यसमा आफ्नो चासो रहेको स्पष्ट पारे ।

 

“रेट्रो फिटिङका नाममा त्यहाँ के भइरहेछ म आफैं हेर्न चाहन्छु । त्यहाँ नहुनु पर्ने काम भइरहेको छ” प्रधानमन्त्री ओलीले भने “ विश्व विद्यालय पढेर आएर सिंहदरबार अभ्यास गर्ने थलो होइन ।” आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा सुरु गरेको म बनाउछु मेरो धरहरा कार्यक्रम अलपत्र परेको भन्दै त्यसलाई निरन्तरता दिइने प्रधानमन्त्री ओलीले बताए ।


परिषदमा १४ जना सांसद मनोनित
प्रधानमन्त्री ओलीले भूकम्प अति प्रभावित क्षेत्रका १४ जना संसादलाई परिषदमा मनोनित गरेका छन् । जसमा यज्ञराज सुनुवार, पार्वत गुरुङ, श्याम कुमार श्रेष्ठ, अग्नी सापकोटा, गंगाबहादुर तामाङ, हरिबोल गजुरेल, प्रेम सुवाल, गगन कुमार थापा, मोहन आचार्य, भूमी त्रिपाटी, हितबहादुर तामाङ, पम्फा भूसाल, बिरेन्द्र खतिवडा र हरिराज अधिकारी रहेका छन् ।

२०७४ चैत्र १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्