Birendranagar Municipality

देउतीबज्यै मन्दिर सुधारका लागी महायज्ञ संचालन हुने

सिता वली/सुर्खेत
देउतीबज्यै मन्दिर सुधारका लागी महायज्ञ संचालन हुने

१९ चैत्र । सुर्खेतमा रहेको चर्चित धार्मीक स्थल गंगामाला देउतीबज्यै मन्दिरको सुधारका लागी महायज्ञ संचालन गरिने भएको छ । २०७५ साल बैशाखको ७ गतेबाट शुरुहुने महायज्ञ ९ दिनसम्म चल्ने देउतीबज्यै विराट धनधान्य महायज्ञ २०७५ का संयोजक मुकुन्दश्याम गिरीले बताएका छन् ।

 

उनले भने ‘देउती मन्दिरमा हिन्दु धर्म परम्मपरा, विधि तथा बास्तु अनुसारको भौतिक संरचना छैन । मन्दिरमा शौचालय, विश्रामस्थल, स्नानगृह जस्ता कुनैपनि सुविधा छैन । देउतीबज्यैमा पुजाको नाममा वेथिति भईरहेकोले यसलाई सुधार गर्न र बास्तुअनुसार नै मन्दिरमा पुजागर्ने वातावरण सिर्जना गर्नका लागी यो महायज्ञ शुरु गर्न लागीएको हो ।’ विगतका दिनहरुमा सुर्खेतका विभिन्न धार्मिकस्थलहरुमा भौतिक संरचना तथा अन्य विकासका नाममा महायज्ञ भए तर त्यसबाट बेथिति पैदा भयो ।

 

यो महायज्ञ साँच्चिकै कर्णाली प्रदेशलाइ चीनाउनको लागी संचालन गर्न लागीएको हो उनको भनाई छ । उनले थपे ‘यो महायज्ञमा आम सुर्खेतीले मैलेपनि देउतीमन्दिरमा एउटा ईट्टा थपेको छु भन्ने अपनत्व पैदा गर्ने वातारण बनाउनका लागी सबैले आ–आप्नो क्षेत्रबाट प्रचारप्रसार र सहयोग गर्न आग्रह समेत गरेका छन् । कुनै राजनितिक आग्रह पुर्वाग्रह भन्दापनि कर्णाली प्रदेशलाई चिनाउने पहिलो प्रयास यो महायज्ञ भएको उनको भनाई छ ।’

 

मन्दिर व्यवस्थापनको पहिलो प्रयास महायज्ञ भएपनि आंफुहरु पञ्चवर्षीय रणनिति बनाएर अगाडि बढ्ने समेत गिरीको भनाई छ । महायज्ञ संचालनका लागी २१ सदस्यीय समीति समेत गठन गरीएको छ । जसमा सहसंयोजकमा डाक्टरसिं गुरुङ्ग, महानिर्देशकमा रमेश सापकोटा लगाएका पदाधिकारीहरु रहेका छन् ।

 

महायज्ञ ९ दिनसम्म देउतीबज्यै मन्दिरको परिसरभित्रै चल्ने छ । चैत २० गते विहान ८ बजे विरेन्द्रनगरका प्रमुख देवकुमार सुवेदी लगाएतका पदाधिकारीहरुले मन्दिरको अवलोनकन गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

२०७४ चैत्र १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्