२० चैत्र । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार तथा भर्ना विषयक अन्तरक्रिया कार्यक्रम मंगलबार ९ नं वडा कार्यालय वीरेन्द्रनगर सुर्खेतले सम्पन्न गरेको छ ।
कार्यक्रममा शिव मावि लाटीकोइली का विव्यसका अध्यक्ष डम्मरविक्रम जिसीले सामुदायिक विद्यालयहरुको स्तर उन्नतीकालागि सबैले आ आफ्नो जिम्मेवारीलाई इमान्दारीता पूर्वक निर्वाह गरे सामुदायिक विद्यालयहरुले मुहार फेर्न सक्ने बताउँदै शिक्षा क्षेत्रमा बोली र व्यवहार फरक भएको कारणले सामुदायिक विद्यालयहरुको स्तरउन्नती हुननसकेको जिकिर गरे ।
त्यस्तै कोपिला मावि पर्सेनीका विव्यसका अध्यक्ष रविन्द्रजंग शाहीले सामुदायिक विद्यालयहरुलाई हेर्ने सकारात्मक सोचका कमी तथा सरकारले निजि विद्यालय खोल्ने अनुमती दिएर सामुदायिक विद्यालय ओझेलमा परेको बताए ।
शिव माविका पूर्व विव्यस अध्यक्ष ऋषि गिरीले सामुदायिक विद्यालयहरुलाई उत्कृष्ट बनाउनकालागि अभिभावक शिक्षक र विद्यार्थीहरु विच समन्वय गरि निरन्तर छलफल चलाउनु पर्ने र शिक्षकले आफ्नो दायित्व बुझ्नुपर्नेमा जोड दिए।
समाजसेवी ध्रुवकुमार श्रेष्ठले सरकारले सबै कुरा दिँदा पनि विद्यालय व्यवस्थापन समितिको गुणस्तर राम्रो बताउने कुरामा अध्ययन कमजोरका करण सामुदायिक विद्यालय पछाडी परिरहेको बताए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख गजेन्द्र जिसीले अब स्थानीय सरकार भै सकेकाले सम्पूर्ण विद्यालयहरुलाई नयाँ ढंग र सोचका साथ समुदायको मन जितेर अगाडी बढ्न आग्रह गरे ।
कार्यक्रमका सभाध्यक्ष एवं वडा नं ९ का अध्यक्ष सुरेश मानन्धरले सबैले आ आफ्नो तह र तप्काबाट हातेमालो गर्दै शिक्षा क्षेत्रमा वडा बाट गरिने काममा आफू सदैब लागि पर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा विभिन्न विद्यालयहरुका प्रअहरुले विद्यालयका समस्या र प्रगति विवरण पेश गर्दै निजि विद्यालयहरुका कारणले गर्दा सामुदायिक तथा सरकारी विद्यालयहरु ओझेलमा परेको धारणा राखेका छन् ।
वडा नं ९ मा रहेका विभिन्न सामुदायिक तथा अन्य सरकारी विद्यालय विद्यालय व्यवस्थापन समितका अध्यक्षहरु टोल विकास समितका अध्यक्षहरु एव राजनैतिक दलका कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण वडा सचिव देव मुलेलले गरेका थिय ।
प्रतिकृया दिनुहोस्