Birendranagar Municipality

वरिष्ठ कलाकार मदनकृष्णलाइ पत्नी शोक

सेरोफेरो

२० चैत्र । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाइ पत्नी शोक परेको छ । उनकी धर्मपत्नी यसोदा श्रेष्ठको ६७ बर्षको उमेरमा निधन भएको छ ।

 

क्यान्सरबाट ग्रसित मदन पत्ती यशोधाको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको हो। उनको गए राति पौने ११ बजे उपचारको क्रममा अस्पताल मै मृत्यु भएको परिवार स्रोतले बताएको छ। कलाकार मदनकृष्णको यशोदा सुबेदीसँग २०३० सालमा अन्तरजातीय विवाह भएको थियो ।


मदनकृष्ण पत्नी यशोदालाई पहिले आन्द्राको क्यान्सर, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर भएको थियो। क्यान्सरका कारण पछिल्लो समय उनको दुवै खुट्टा नचल्ने भएका थिए। उनको मंगलवार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

 

मदन पत्नीको निधनको खवर लगतै नेपालका चर्चित कलाकार, सुभचिन्तकहरुको ठुलो उपस्थिती थियो । श्रेष्ठका एक छोरा यमन र छोरी सरना छन्।

२०७४ चैत्र २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्