एजेन्सी
२९ बैशाख । प्रेममा पागल हुनेहरुका अनेक कथाहरु पढ्न, सुन्न र देख्न पाइन्छन् । प्रेमका खातिर मानिसहरु विभिन्न क्रियाकलापहरु गरिरहेका हुन्छन् । यस्तै अनौठो वास्तविकताले सबैलाइ अच्चम्भित बनाएको छ । घटना हो बेलायतको ।
५० वर्षीया श्रीमती वेन्डी डेभिसनको गत २१ अप्रिलमा मृत्यु भएपछि रसेल डेभिसन शोकमा परे । जीवन संगीनि वेन्डी १० वर्षदेखि पाठेघरको क्यान्सरसँग जुधिरहेकीे थिइन् ।
अथाह प्रेमको कारण श्रीमतीको मृत्युपश्चात पनि रसेलले शवको अन्तिम संस्कारको क्रिया गर्न मानेनन् । यतिसम्म कि उनले पत्नीको शवलाई शवदाह गृहमा लैजान पनि इन्कार गरे । बरु पत्नीको शवलाई सबैभन्दा पहिले आफ्नो बेडरुममा लगेर राखे ।
त्यसपछि उनी श्रीमतीको शवसंगै सोही बेडरुममा बस्न थाले । पूरै छ दिनसम्म उनी पत्नीको शवसँगै बसे । श्रीमतीको शवसँगै ६ दिन बस्दा आफुलाई धेरै आत्मशान्ति मिलेको उनी बताउँछन् । पत्नीको शवसँगै बसिरहेको समयमा आफन्तहरु उनलाई भेट्न आए । उनको हालत देखेर आगन्तुकहरु पनि भक्कानिएर रुन्थे ।
उनी पत्नीलाई यति धेरै माया गर्थे कि शवलाई शवदाह गृहमा लगेर अन्त्येष्टि नगरियोस् भन्ने चाहन्थे ।
यसरी शवसंग छ दिन विताउँदा मृत्युलाई नजिकबाट अनुभुति गर्ने र मृत्युपछिको पलमा पनि पत्नीको राम्रो हेरचाह गर्ने अभिलाषा बोकेको हुँदा आफूले कुनै शवदाह गृहमा लगेर पत्नीको लाशलाई तत्कालै नबुझाएको उनले बताए । छ दिन पछि उनले पत्नीको शवलाई आफैले अन्त्येष्टि गर्न लगे ।
प्रतिकृया दिनुहोस्