Birendranagar Municipality

विद्यार्थी आन्दोलन उग्र बन्दै, भौतिक पूर्वाधार निर्माण मन्त्रीको गाडी तोडफोड

सेरोफेरो/सुर्खेत
विद्यार्थी आन्दोलन उग्र बन्दै, भौतिक पूर्वाधार निर्माण मन्त्रीको गाडी तोडफोड

२१ चैत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीले आन्दोलन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनका उपसभापति आदित्यविक्रम शाहलाई प्रहरीले पक्राउ गरेका विरोधमा आन्दोलन उग्र बनेको हो । आन्दोलनका क्रममा बुधबार विद्यार्थीले कर्णाली प्रदेशका भौतिक पूर्वाधार निर्माण मन्त्री चढ्ने गाढी तोडफोड गरेका छन् । 

 

इन्जिनियरिङ संकायमा देखिएको विद्यार्थी र प्रशासनबीचको विवाद बढ्दै जाँदा आन्दोलनले उग्र रुप लिएको हो । मंगलबार प्रशासन र विद्यार्थीबीच वार्ता भएको थियो । इन्जिनियरिङ केन्द्रीय क्याम्पसका प्रमुख विजय पण्डितका अनुसार वार्ता सम्पन्न भैसकेपछि प्रहरीले शाहलाई पक्राउ गरेको थियो ।

 

वार्ता मिलिसकेपश्चात् पनि उनलाई पक्राउ गरिनु जायज नभएको भन्दै स्ववियुको नेतृत्वमा आन्दोलन भएको हो । उनीहरुले बुधबार पठनपाठन नगर्न पनि प्रशासनसमक्ष अनुरोध गरेका छन् । तर प्रहरीका अनुसार शाहले इन्जिनियरिङ संकायका डीन डा. गोविन्द लामिछानेलाई ज्यान मार्नेसम्मको धम्की आएको भन्दै निवेदन परेकाले उनलाई पक्राउ गरिएको जनाएको छ ।

 

आन्दोलनका क्रममा विद्यार्थीहरुले डीनको पुत्ला जलाएका थिए ।

२०७४ चैत २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्