Birendranagar Municipality

आसन्न भारत भ्रमण सद्भावना भ्रमण : प्रधानमन्त्री ओली

सेरोफेरो
आसन्न भारत भ्रमण सद्भावना भ्रमण : प्रधानमन्त्री ओली

२१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण सद्भावना भ्रमण भएको बताएका छन् ।


बुधवार विहान बालुवटारमा पूर्व प्रधानमन्त्रीहरुसंगको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण देशको हितका लागि हुने समेत स्पष्ट पारे । “यसपालीको भ्रमणमा कुनै सन्धि समझौता हुदैनन् । देशको अहितमा कुनै काम गरिदैन । विगतका सन्धि सम्झौता कार्यन्वयनमा जोड दिइने छ” प्रधानमन्त्री ओलीले भने “यस भ्रमणले दुई देश बीचको सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”


छलफलमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्द मन्त्रि परिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मीको उपस्थिती थियो । पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना दिनु दिएका छन् । नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन पहल गर्नुपर्ने मा पूर्व प्रधानमन्त्रीहरुको जोड छ ।


पूर्व प्रधानमन्त्री माधव नेपालले आफ्नो अडानमा स्थीर हुन प्रधानमन्त्री ओलीलाई सुझाव दिए । नेपालले “भाइभाइको हैन मित्र÷मित्र जस्तो हुनु पर्ने” बताएका छन् ।
पूर्व प्रधानमन्त्री प्रचण्डले संविधाननिर्माण र नाकाबन्दीका बेला अफ्ठ्यारो भएको नेपाल भारत सम्बन्ध अहिले सुधार भएको बताए । उनले भने “भारतलाई हामीले संविधान कार्यन्वयनमा गइसक्यो खास समस्या छैन भनेर बुझाउनु पर्छ ।”


पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल अहिले व्यापार घाटामा रहेकोले यसलाई उकास्ने विषयमा छलफल केन्द्रीत गर्नुपर्ने सुझाव दिए ।


छलफलमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, नेपाल भारत प्रवुद्ध व्यक्ति समुहको पनि प्रतिनिधित्व रहेको थियो ।

२०७४ चैत्र २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्