२१ चैत्र । रारा कर्णाली पर्यटन बर्ष २०७५ को पुर्व तयारीका लागि मुगु पुगेका मन्त्रीहरुले रारासंग कर्णाली प्रदेशको समृद्धि जोडिएको बताएका छन् । प्रदेश राजधानी सुर्खेतबाट कालिकोट, जुम्ला हुदै मुगु पुगेका उनीहरुले प्राकृतिको अनुपम उपहार रारा संग आर्थिक, पयटकिय समृद्धि जोडिएको बताएका हुन् ।
पर्यटन वर्षको पुर्वतयारीका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश सरकारका प्रवक्ता, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी सहभागि छन् ।
कर्णाली प्रदेशको प्रथम ऐतिहासिक बैठकले रारा कर्णाली पर्यटन बर्ष २०७५ को घोषणा गरेको थियो । नयाँ वर्ष २०७५ बाट पर्यटन वर्ष शुरु हुदैछ । प्रदेश सरकारले यसको तयारी पनि तिव्र बनाईहरेको छ । बुधवार रारा तालमा कर्णाली प्रदेश पर्यटन प्रर्वद्धन विकास समितिको पहिलो बैठक समेत बसेको छ ।
रारा कर्णाली पर्यटन वर्ष गरिवी विरुद्धको युद्ध -भण्डारी
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीले रारा कर्णाली पर्यटन वर्ष गरिवी विरुद्धको युद्ध भएको बताएका छन् । प्रकृतिले मुगु जिल्लालाई रारा जस्तो अनुपम उपहार दिएको भन्दै त्यसको छेउ मै ४६ वर्षको छोटो आयु बोकेर बस्नु राम्रो नभएको टिप्पणी गरे ।
मन्त्री भण्डारीले भने अव उत्तरी नाका पनि सरकारले लगत्तै खोल्ने तयारी गरिहेको छ । चिन र तिव्बत संग जोडिएको नाक्चेलाग्ना नाका पनि प्रदेश सरकारले खोल्ने बताए । यस्तै उनले पर्यटन वर्ष भरी रारा आउने पर्यटकको सुरक्षाको लागि सुरक्षा व्यवस्था कडा बनाउन सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन् ।
रारा पर्यटन समृद्धिको मुख्य गन्तव्य – बुढा
उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दहिंस बुढाले रारा कर्णाली पर्यटन बर्ष २०७५ मुगुका मात्र नभई कर्णाली प्रदेशको समृद्धि ल्याउने बताए । 'आन्तरिक र बाह्य पर्यटक भित्रयाई आर्थिक उर्पाजन गरि, जनताका जीवन स्तर उकास्नु, पर्यटन प्रवद्र्धन गर्नु, अन्य सास्कृतिक, प्राकृतिक स्रोत साधन, धार्मिक एंव ऐतिहासिक सम्पदाको सरक्षण र प्रचार यसको उद्देश्य हो' उनले भने ।
रारा कर्णाली पर्यटन वर्ष सफल पार्न मुगु वासीको भुमिका अझ महत्वपुर्ण रहेकोमा मन्त्री बुढाले जोड दिए । मुगुमा रारा सहित छाँयानाथ, चंखेली हिमाल, ऋणमोक्ष, नाक्चे लाग्ना, मुर्माटप रहेका छन् ।
कृर्षिमा आधुनिकिकरण आवश्यक प्रवक्ता-केसी
प्रदेश सरकारका प्रवक्ता, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले प्रदेश सरकारले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने लक्ष्य राखेको बताएकी छन् । मुगुमा उत्पादन हुने रैथाले बालीको संरक्षण गरि आर्थिक उपार्जन गरि मुगुको समृद्धि कृषि संग पनि जोडिएको बताएकी हुन् ।
गरिवी निवारणको लागि सहकारीलाई सहि ढंगले परिचालन गर्न सके महिलाको जिवनस्थरमा सुधार आउने उनको भनाइ छ । स्थानिय परिकार सहित बहुउद्देश्यीय कोसेली निर्माणमा जोड दिनु पर्ने उनले बताएकी छन् । पर्यटनका वर्षको पुर्वतयारीका बारेमा प्रदेश सरकारले रारा तालमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
प्रतिकृया दिनुहोस्