Birendranagar Municipality

कर्णालीमा सुचनाको हक सम्वन्धी कानुन निर्माण हुँदै

सेरोफेरो
कर्णालीमा सुचनाको हक सम्वन्धी कानुन निर्माण हुँदै

२२ चैत्र । कर्णाली प्रदेशसरकारले सुचनाको हक सम्वन्धी कानुन निर्माणलाइ तिव्रता दिएको छ । वीरेन्द्रनगरमा आज सुचनाको हकसम्वन्धी कानुनको विषयमा अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको छ ।

 

आन्तरीक मामीला तथा कानुन मन्त्रालयको आयोजनामा सो अन्तरक्रियाको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै पत्रकारहरुले सुचनाको हकलाइ कडाइका साथ कार्यान्वयन गर्नका लागि निर्माण संगै कार्यान्वयनको समेत खाँचो औल्याय । उनिहरुले स्थानिय तहहरुवाट समेत यसको सुझाव संकलन गर्न समेत सुझाव दिए ।

 

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव उपेन्द्रकेशर खनालले यस ऐनमा सुचनाको वर्गिकरण, गोपनियता तथा सुचना दिन नपर्ने अवस्था लगायतका विभिन्न विधेयकका अन्तरवस्तुका वारेमा जानकारी गरायका थिए । कार्यक्रममा बोल्दै मन्त्री नरेश भण्डारीले ऐन बनाउनको लागि मात्र नभइ कार्यान्वयन गरि कर्णालीमा पारदर्शिता र शुसासन कायम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

२०७४ चैत्र २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्