Birendranagar Municipality

कर्णाली रारा पर्यटन वर्षको तयारी तिव्र

सेरोफेरो
कर्णाली रारा पर्यटन वर्षको तयारी तिव्र

२२ चैत्र । कर्णाली रारा पर्यटन वर्षको तयारीलाइ तिव्रता दिइएको छ । २०७५ बैषाख १ मा कर्णालीको राराबाट प्रधानमन्त्रीले राष्ट्रका नाममा संवोधन गरि कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

 

आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै कार्यवाहक मुख्यमन्त्री एवम् आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् । रारा सम्मको लागि सडक सुधार गर्न सुर्खेत र जुम्लाको डिभिजन सडकलाइ अनुरोध गरिएको समेत बताए ।


पर्यटन वर्षको शुरुवात राराबाट भएतापनि कर्णालीका १० वटा जिल्लामा यसलाइ भव्यरुपमा मनाउने प्रदेश सरकारको योजना रहेको मन्त्री ज्वालाले जानकारी दिए । उद्घाटनको लागि मुगु जिल्लाकै जनताहरुको सहभागिता हुने र यसको लागि जिल्ला समन्वय समिति र रारा छाँयानाथ नगरपालिकालाइ अनुरोध गरिएको बताए । मन्त्री ज्वालाले भने 'करिव २०० जनालाइ होटेलको व्यवस्था हुनेछ बाँकीलाइ स्थानियको घरमा बासको प्रवन्ध गरिने छ ।'


सोहि दिन प्रधानमन्त्रीले हिल्सा नाका र सेफोक्सुण्डो तालको समेत अवलोकन गर्ने कार्यक्रम रहेको मन्त्री ज्वालाले जानकारी दिए ।

IMG_20180405_165259

IMG_20180405_165309

 

२०७४ चैत्र २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्