Birendranagar Municipality

यस्तो छ प्रधानमन्त्री ओलीको भारत भ्रमण कार्यक्रम

सेरोफेरो/काठमाडौं
यस्तो छ प्रधानमन्त्री ओलीको भारत भ्रमण कार्यक्रम

प्रधानमन्त्री केपी शर्मा ओली ३ दिने भारत भ्रमणका लागि आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमण तालिका अनुसार उनले महत्वपूर्ण राजनीतिक भेटघाटका साथै विश्वविद्यालयको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । उनी आइतबार स्वदेश फर्कनेछन्।

 

भ्रमण कार्यतालिका :

२३ चैत 

–बिहान ९ : ०० बजे त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उड्ने ।

–इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल झरेपछि सिधै राष्ट्रपति भवन पुग्ने ।

–केहीबेरको आरामपछि भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रिया हुने। नेपालमा लगानीको ओलीले इन्डिया फाउन्डेसन तथा भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की)द्वारा आयोजित बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्ने ।

–कार्यक्रमपछि दिवाभोजमा सहभागी हुने ।

–भारतीय राजनीतिक दलका नेताहरूले राष्ट्रपति भवनमै प्रधानमन्त्री ओलीलाई भेट्ने। भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेता, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी त्रिपाठी र अन्य साना दलका नेताले भेट्ने ।

–साँझ बाह्रखम्बारोडस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने।

–नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा एक होटलमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने। रात्रीभोजमा दिल्लीस्थित कूटनीतिक र राजनीतिक समुदाय पनि सहभागी हुनेछन्। दूतावासले भारतका प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेता, पूर्वमन्त्री, नेपालका लागि पूर्वराजदूतलगायतलाई पनि निमन्त्रणा गरेको छ।

 

२४ चैत

–बिहानै राष्ट्रपति भवनमा समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्रीलाई स्वागत गर्ने र केहीबेर वर्ता हुने।

–भारतीय सेनाले उच्च सैनिक गार्ड आफ् अनर दिने ।

–भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार भेट हुने ।

–त्यसपछि प्रधानमन्त्री ओली राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल सहभागी हुने। राजघाटमा महात्मा गान्धीको समाधीस्थलमा द्विप प्रज्ज्वलन गर्ने ।

–हैदरावाद हाउसमा सुरूमा ओली र मोदीबीच वन टु वन वार्ता हुने। लगत्तै प्रतिनिधि मण्डलका सदस्यसहितको उपस्थितिमा छलफल।

–छलफलपछि दुई देशबीच हुने सम्झौता तथा पत्रआदनप्रदान सम्बन्धी कार्यक्रम हुने।

–संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौताबारे जानकारी दिने। ओली र मोदीले सम्बोधन गर्ने।

–हैदरावाद हाउसमै दिवाभोजमा सहभागी हुने ।

–साँझ विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने।

 

२५ चैत

–ओली हेलिकोप्टरमा दिल्लीबाट उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमणमा जाने ।

–साँझ दिल्लीबाट स्वदेश फर्किने ।

२०७४ चैत २३ शुक्रबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्