२४ चैत्र । शुक्रवार देखि हुम्ला सदरमुुकाम सिमकोट मा छैंटौ राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता सुुरु भएको छ ।
जिल्ला खेलकुुद विकास समितिका अध्यक्ष विनो वोहोराको अध्यक्षतामा संचालन भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुुख दानवहादुुर रावतले व्यानर खोलेर गरेर प्रतियोगिताकोे उद्घाटन गरेका छन् । कार्यक्रममा प्रमुुख जिल्ला अधिकारी माधव प्रसाद ढुुगांनाले रेफ्रीलाई सपथ खुवाए लगतै खेलको शुरुवात भएको छ ।
सो खेलमा मानसरोवर माविवाट महादेव मावि विजेता भएको छ । प्रतियोगिताको पहिलो दिनको एथलेष्टिकतर्फको एक सय मिटर छात्र तथा छात्राहरुको दौडमा सीता माविका छात्रा जयलक्ष्मी शाही प्रथम तथा छात्रतर्फ मानसरोवर माविका छात्र प्रेम सुुनारले प्रथम स्थान प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद वोहोराले बताए ।
त्यसै गरि सटफुुट तर्फ छात्रमा हिमज्योती मावि का गोविन्द शाही प्रथम, मानसरोवर माविका तारा वहादुर शाही द्धितीया र रादेवका अर्जुुन सुुनार तृृतीया भएका छन् । यसैगरी छात्रातर्फ कैलाश माविका प्रेमकला शाही प्रथम, हिमज्योती माविका दुुर्गा थापा द्धितीय र रलिङ्ग माविका डिचिङ्ग डोल्मा लामा तृृतीय भएका छन् ।
प्रतियोगितमा छात्र र छात्रा दुुवै समुुहतर्फ १३ वटा एथलेष्टिक र भलिवल प्रतियोगितामा १४४ जना खेलाडीको सहभागिता रहेको र जसमा ७७ जना छात्रा र ७६ जना छात्र रहेका छन । प्रतियोगिता आगामी चैत्र २८ गतेसम्म संचालन हुुनेछ ।
प्रतिकृया दिनुहोस्