कर्णाली–रारा पर्यटन वर्ष २०७५ को पूर्वसन्ध्यामा रारा तालमा प्याराग्लाइडिङ शुरु हुने भएको छ । राराको मुर्माटपबाट साहसिक प्याराग्लाइडिङ गराउन लागिएको हो ।
विश्व किर्तिमानी कायम गरेका सानुवावु सुनुवारले प्याराग्लाइडिङ गर्ने भएका हुन । मुर्माटपबाट राराको पुरै दृश्य अवलोकन गर्नुका साथै अपी, सैपाल, कान्जिरोवा, सिस्ने, कोइकी हिमाल लगाएत अन्य विभिन्न ठाउँहरुको दृश्य अवलोकन गर्न सकिन्छ ।
राराको मुर्मा टपमा पहिलो पटक साहसिक प्याराग्लाइडिङ शुरु गर्नका लागि मुगुका प्रतिनिधिसभा सदस्य गोपाल वम, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीका स्वकीय सचिव ललितजंग महत, नेपाल पर्यटन व्यवसायी संगठन कर्णाली प्रदेशका संयोजक देवीकृष्ण रोकाया र प्याराग्लाइडिङका सानुबाबु सुनुवार बीच छलफल भएको थियो ।
छलफलमा रारामा नियमित प्याराग्लाइडिङका लागि सम्भाव्यता अध्ययन गरिने युवा पर्यटन व्यवसायी एवं पर्यटन अभियन्ता देवीकृष्ण रोकायाले सेरोफेरोलाई बताए । समृद्ध कर्णाली प्रदेश निर्माणका लागि अब स्थानीय जनताहरु लाभान्वित हुने गरी पर्यटनका पूर्वाधार निर्माण गर्नुपर्ने रोकायाको भनाई छ ।
उनले भने, 'कर्णाली प्रदेश पर्यटन क्षेत्रमा धेरै सम्भावना बोकेको भएकाले यहाँ बिभिन्न साहसिक तथा खेल पर्यटनको विकास गर्नु जरुरी छ ।' लामो समय देखि पर्यटन क्षेत्रमा काम गदै आएका ललितजङ महतले कर्णाली रारा पर्यटन वर्षलाई सफल सबै लाग्नुपर्ने बताए ।
मुर्मा टप समुन्द्र सतहदेखि ३८०० मिटरको उचाईमा रहेको छ
प्रतिकृया दिनुहोस्