Birendranagar Municipality

यस्ता छन् कर्णालीका महिलाका १२ घोषणा

सेरोफेरो/सुर्खेत
यस्ता छन् कर्णालीका महिलाका १२ घोषणा

२४ चैत । कर्णाली प्रदेशका जनप्रतिनिधि महिला र महिला मानव अधिकार रक्षकहरुले १२ बुँदे घोषणापत्र जारी गरेका छन् ।


कर्णाली प्रदेशस्तरीय तीन दिने महिलामञ्चको समापन गर्दै शनिबार उनीहरुले महिला मैत्री गणतान्त्रिक नेपाल निर्माण र महिला उत्थानका निम्ति साझा बुझाइ निर्माण गरी आपसमा सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।


महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जालका अध्यक्ष डाक्टर रेणु अधिकारीले जनप्रतिनीधि महिलाहरुलाइ एक्लो महशुस हुन नदिन, महिलाको नेतृत्वलाई सर्वत्र स्वीकार योग्य बनाउन र हरेक घर सुरक्षित बनाउन जनप्रतिनिधि महिला र रक्षक सञ्जालबिच सहकार्य गर्नुपर्ने बताइन ।


जनप्रतिनिधि महिलाले स्थानीय तहमा मनोसामाजिक परामर्श सेवा केन्द्रको स्थापना गर्ने, महिला हिंसाका घटनामा शुन्य सहिष्णुता, प्रजनन् र यौन स्वास्थ्यको क्षेत्रमा विशेष पहल गर्ने, प्रसुति गृहलाई सुधार गर्ने लगाएतका विषयमा तत्काल काम सुरु गरिने बताए ।


कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संविधानले दिएका अधिकारहरुको सहि रुपमा कार्यान्वयन गर्न स्थानिय तहका उपप्रमुखहरुलाई निर्देशन दिए । उनले बोक्सी, बाल बिबाह, छाउपडी लगाएतका समस्याबाट ग्रसित यो प्रदेशका महिलाहरुका लागि विशेष नीति र कार्यक्रम जरुरी रहेको औंल्याए ।

२०७४ चैत २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्