Birendranagar Municipality

मन्त्रीको गाडी तोडफोडमा संलग्न विद्यार्थी पक्राउ

सेरोफेरो/सुर्खेत
मन्त्रीको गाडी तोडफोडमा संलग्न विद्यार्थी पक्राउ

मध्यपश्चिमाञ्चल विश्वविद्यालय गेटबाहिर भएको विद्यार्थी आन्दोलनका बेला मन्त्रीको गाडी तोडफोड गरेको भन्दै प्रहरीले विवेक आचार्यलाई पक्राउ गरेको छ । आचार्य नेपाल विद्यार्थी संघ सुर्खेतका अध्यक्ष हुन् । तोडफोडमा संलग्न अन्यलाई पनि वारेन्ट जारी गरिएको प्रहरीले जनाएको छ । 

 

विश्वविद्यालय केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष आदित्यविक्रम शाहलाई पक्राउ गरिएको विरोधमा स्ववियुले गत बुधवार आन्दोलन गरेको थियो । आन्दोलनका क्रममा विद्यार्थीले कर्णाली प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीको गाडी तोडफोड गरेका थिए ।

 

प्रहरीले विद्यार्थीमाथि दमन गरेको भन्दै स्ववियुले आजैदेखि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । स्ववियु अध्यक्ष झक्कबहादुर शाहीका अनुसार आइतबार भण्डाफोर गर्ने, सोमबार शैक्षिक तथा प्रशासनिक काय ठप्प पार्ने, मंगलबार धर्ना दिने र २८ गतेदेखि सुर्खेत लगायत कर्णाली प्रदेशका सबै जिल्ला अनितकालका लागि बन्द गर्ने कार्यक्रम रहेको छ ।

२०७४ चैत २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्