Birendranagar Municipality

डोल्पाको त्रीपुरासुन्दरीमा मोटर पुग्यो : जनताले गरे भव्य स्वागत

रुपलाल बोहोरा/डोल्पा
डोल्पाको त्रीपुरासुन्दरीमा मोटर पुग्यो : जनताले गरे भव्य स्वागत

२६ चैत्र । रुकुम जिल्लाको त्रीवेणी देखी डोल्पाको खदाङ्ग सम्मको सडक खण्डमा आईतबार साना पुगेका छन् । यो संगै डोल्पा जिल्ला सडक संजालमा जोडियको छ । जाजरकोट डोल्पा सडक खण्डको रुकुमको त्रीबेणी देखी डोल्पा त्रीपुरा सुन्दरी नगरपालीका को खदाङ्ग सम्म आईतबार बाट जीप गुड्न थाले पछि डोल्पा सडक संजालमा जोडिएको हो ।

 

जाजरकोट देखी डोल्पाको सदरमुकाम दुनै सम्मको ११७ किलो मिटर मध्य रुकुम को त्रीबेणी देखी डोल्पा को त्रीपुरासुन्दरी नगरपालीका खदाङ्ग सम्मको १४ किलो मिटर सडक खण्ड निर्माण भएको लामो समय पछि बल्ल आईतबार प्रतिनिधि सभा सदस्य तथा पुर्व शान्ति मन्त्री सत्य पाहाडीले रिबन काटेर उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा कणार्ली प्रदेशका सदस्य बिरबहादुर शाही र बदम क्वारी बोहोरा पनि सहभागी थिए ।


डोल्पा पुगेका सवारी साधन र चालकलाइ स्थानिय बासीले भब्य स्वागत गरेका थिए । जीप उद्घाटन गर्न डोल्पा पुगेकी प्रतिनिधि सभा सदस्य सत्य पहाडी ले डोल्पा जिल्ला को पहिलो विकास भनेको यातायातनै भएकाले केन्द्र स्तर र प्रदेश स्तरमा सबै निकायहरुमा आवाज उठाएको जानकारी गराइन् । अब राज्यले बिकट डोल्पा होइन विकासमा लम्कीएको डोल्पा हेर्न चाएको समेत उनले बताइन् ।

 

डोल्पा को प्रत्येक बस्ती बस्ती मा मोटर बाटो पुर्‍याउनु आफ्नो प्रमुख जिम्वेवारी भएको प्रदेश सभा सदस्य बिरबहादुर शाहीले बताए । यसैगरी गरी प्रदेश सभा सदस्य बदम क्वारा बोहोराले, सबै डोल्पाली को घर आँगन मा गाडी पुगे पछि मात्र डोल्पालीको सपना पुरा हुने बताईन् । नेपाली सेनाको प्रयासवाट डोल्पालीहरुको ओठमा हाँसो आयको भन्दै उनले नेपाली सेनाको समेत प्रशंसा गरिन् ।


नेपाली सेनाले यही गतीमा निर्माण कार्य गरेमा बाँकी रहेको श्रीबिन्डे देखी चुँगाड सम्मको ३ किलो मिटर कडा चट्टान कटान गरी आउदो दशैँ सम्ममा त्रीपुराकोटको बगर सम्म मोटरबाटो पुग्ने नेपाली सेनाका कर्णेल तथा निर्माण कार्यदलका प्रमुख बिश्व बन्धु पहाडी ले बताए । पहाडीले भने 'नेपाली सेनाले विभिन्न चुनौतीको सामना गरेरै भएपनि सडक निर्माण कार्यलाई निरन्तरता दिई डोल्पालीको सपना पुरा गरी छाड्ने छौँ ।'

 

२०७४ चैत्र २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्