Birendranagar Municipality

भारत भ्रमण नेपालको हितमा : प्रधानमन्त्री ओली

सेरोफेरो
भारत भ्रमण नेपालको हितमा : प्रधानमन्त्री ओली

२६ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण नेपालको हितमा भएको बताएका छन् । सुनचाँदी व्यावशायी महासँघको पाँचौ साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।


प्रधानमन्त्री ओलीले नेपालको हितको पक्षमा छिमेकीसँग कुरा गर्न मात्र होइन त्यसलाई सदर गराउन पनि सकिने बताए । “देशको चासोका बिषय छिमेकीसाग छलफल गरेर सदर गराउन सकिन्छ” प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले सरकार रोजगारी सृजना गर्ने, उत्पादन बढाउने, जनताको आर्थिक स्तर उकास्ने कार्यमा लागेको समेत बताए ।


प्रधानमन्त्री ओलीले सरकार व्यावशायीको सुरक्षामा गम्भिर रहेको बताए ।। “नेपालको सिमा भित्र हुने कोही कसैले पनि अब सुरक्षाको चिन्ता गर्नु पर्दैन” प्रधानमन्त्री ओलीले भने “सरकार गैह्र कानुनी, हिंसात्मक र अपराधपूर्ण क्रियाकलापलाई सहन्न ।”


प्रधानमन्त्री ओलीले अबको नेपालमा अबैधानिक काम, तस्करी जस्ता कुराहरु बर्जित हुने बताएका छन् । “तस्करीको कुरा गर्दा सुनको पनि नाम आंउछ” प्रधानमन्त्री ओलीले भने “तर अब जे गर्नुछ कानुनी तवरले गर्नुहोस् । कानुनी अफ्ठ्यारा छन् भने त्यसलाई फुकाउने काम सरकारले गर्छ ।”


प्रधानमन्त्री ओलीले व्याववशायीहरुलाई हरेक व्यावशाय नक्कली होइन सक्कली ढंगले गर्न आग्रह गरे । नाफामुखी मात्र भन्दा पनि हरेक उपभोक्ताको हितलाई ध्यान दिएर काम गर्न प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

२०७४ चैत्र २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्