सेरोफेरो
३० बैशाख, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर १२ मा रहेको मतदान केन्द्रका सम्पूर्ण निर्वाचन सामग्री लुटिएको छ । नेपाल कम्यूनिष्ट पार्टी माओवादी (विप्लव) का कार्यकर्ताले शनिबार बिहान उक्त सामग्री लुटेका हुन् ।
मतदान अधिकृत हिक्मत बहादुर मल्लका अनुसार करीब दुई सयको संख्यामा खुकुरी र भालासहित आएका कार्यकर्ताले मतपेटिका र मतपत्रसहित अन्य सामग्री लुटेका हुन् । उक्त केन्द्रको सुरक्षाका लागि थप सुरक्षा टोली पठाईएको निमित्त निर्वाचन अधिकारी राजिमान बुढाले बताए ।
स्थानीय तहको पहिलो चरणको निर्वाचन कार्यक्रम अन्तर्गत प्रदेश ३, ४ र ६ का जिल्लामा आइतबार मतदान सम्पन्न हुँदैछ ।
नेकपा माओवादीले यसअघिनै निर्वाचन कार्यक्रम बहिष्कार गर्ने र विथोल्ने घोषणा गरेको थियो । कर्णाली अञ्चलका जिल्लामा विप्लवका कार्यकर्ताको सक्रियता बढेको पत्रकार नन्द बहादुर बुढाले सेरोफेरोलाई जानकारी दिए ।
प्रतिकृया दिनुहोस्