२८ चैत्र । मन्त्रीपरिषदले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाललाइ नियुक्त गर्ने निर्णय गरेको छ । नेपाल प्रहरीको आइजिपीमा सर्वेन्द्रको नाम सिफारिस भए संगै उनका सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् ।
सरकारले उनलाइ आइजिपीमा नियुक्त नगरेपश्चात खरेल राजिनामा दिने मुडमा भएको बताइएको छ । यसैगरी सरकारले सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्तिको लागि सिफारिस गरेको छ।
बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक पदमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्त गरेको हो। नेपाल प्रहरीको नियमावली २०७१ को नियम ४१ अनुसार दुबै जना चैत २९ गते बुधबारदेखि महानिरीक्षक बन्ने सरकारले जनाएको छ ।
प्रतिकृया दिनुहोस्