Birendranagar Municipality

कर्णाली सरकारको मुख्यन्यायाधिवक्तामा विद्याभुषण नियुक्त

सेरोफेरो
कर्णाली सरकारको मुख्यन्यायाधिवक्तामा विद्याभुषण नियुक्त

२८ चैत्र । कर्णाली प्रदेश सरकारको मुख्यन्यायाधिवक्तामा अधिवक्ता विद्याभुषण मानन्धर नियुक्त भएका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले मानन्धरलाइ मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका छन् ।

 

माओवादी केन्द्र निकट रहेका मानन्धरले २०५२ सालदेखि कानुन व्यवसायिका रुपमा काम गरिरहेका छन् । उनलाइ नेपालको संविधानको धारा १६० बमोजिम नियुक्त गरिएको हो । मुख्यन्यायाधिवक्ताको सेवा सुविधा र मर्यदाक्रम उच्च अदालतको न्यायाधिश समान रहने संवैधानिक व्यवस्था छ ।

 

मानन्धरलाइ बुधवार दिउसो तीन बजे प्रदेश प्रमुखबाट पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम रहेको छ ।

 

२०७४ चैत्र २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्