२८ चैत्र । अनमोल स्मृति प्रतिष्ठान सुर्खेतले एम्बुलेन्स खरिदका लागी कर्णाली कविता कन्सर्टको आयोजना गर्ने भएको छ । २०७५ बैशाख १८ गते उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो । कन्सर्टमा कविता वाचनका लागी कवि नवराज पराजुली सुर्खेत आउने भएका छन् । जिल्ला समन्वय समिति सुर्खेतको हलमा सञ्चालन हुने कन्सर्टमा करिब चारसयको सहभागीता हुने आयोजकले बताएको छ ।
कार्यक्रमको व्यवस्थापनका लागी करिब १ लाख रुपैयां खर्च हुने भएपनि करिब ३ लाख रुपैयां आम्दानी कर्णाली कन्सर्टबाट हुने अपेक्षा गरिएको अनमोल फाउण्डेसनका अध्यक्ष निराजन शाहिले बताए । कर्णाली प्रदेशका १० वटै जिल्लामा एम्बुलेन्सको सेवा पुर्याउनको लागी प्रतिष्ठानले यसअघिपनि विभिन्न कार्यक्रमको आयोजना गरी करिब ६ लाख रुपैयाँ रकम संकलन गरिसकेको समेत शाहिले बताएका छन् ।
उनले भने ‘कर्णाली प्रदेशमा कंयौ आमा र बच्चाको ज्यान अस्पतालमा पुग्न नपाउंदै जान्छ । सरकारको मुख ताक्नाले कर्णाली बासीले कंयौ अनमोलको ज्यान गुमाएका छन् । अब कर्णालीका थुप्रै अनमोलको ज्यान बचाउनको लागी अनमोल एम्बुलेन्स सेवा सञ्चालन गर्न यो कार्यक्रमाको आयोजना गरिएको हो । ’
उनले थपे ‘हामीले करिब २२ लाखको अनुमानमा दुईवटा एम्वुलेन्स खरिद गर्ने योजना बनाएका छौ । यसका लागी थुप्रै साझेदार संस्था र स्थानिय सरकारले समेत सहयोग गर्ने आश्वासन दिएका छन् ।’ अनमोल एम्बुलेन्सले ५ वर्षमुनीका बालबालीका र गर्भवति महिलालाई ५० प्रतिशत छुटसहित सेवा दिने छ । कन्सर्टको लागि तीन सय, पाँच सय र एक हजार बरावरको टिकट विक्री गरिनेछ । जसवाट संकलीत रकम एम्वुलेन्स खरीदमा लगानी गरिने आयोजकले जनाएको छ ।
कविता कन्सर्टको लागि विभिन्न गैरसरकारी संस्था, मिडिया, साहित्यीक संस्थाहरुले एक्यवद्धता जनाएका छन् । १३ सदस्यीय मुल आयोजक समितिले कार्यक्रमको तयारी गरिरहेको अध्यक्ष शाहीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्