२९ चैत । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षकहरू सर्वेन्द्र खनाल र शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
गृह मन्त्रालयमा बिहीबार बिहान आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुुन्।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले खनालद्वयलाई उक्त पदमा नियुक्त गरेको थियो।
प्रतिकृया दिनुहोस्