Birendranagar Municipality

रारा ताल वरपर ‘फ्रि वाईफाई’

सेरोफेरो/सुर्खेत
रारा ताल वरपर ‘फ्रि वाईफाई’

२९ चैत । रारा ताल वरपर अब ‘फ्रि वाईफाई’ चलाउन पाइने भएको छ। निजी क्षेत्रको ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले बिहिबारदेखि रारामा उक्त सुविधा दिन थालेको हो ।


रारा कर्णाली महोत्सवको अवसरमा रारा क्षेत्रमा आउने पर्यटकलाई लक्षित गर्दै निःशुल्क वाईफाई सुबिधा उपलब्ध गराएको वर्ल्डलिंक कम्युनिकेशनका क्षेत्रीय प्रविधि प्रबन्धक राजेन्द्र विष्टले जानकारी दिए।


कर्णाली प्रदेश सरकारले २०७५ लाई पर्यटन बर्ष घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली ‘रारा कर्णाली भ्रमण वर्ष’ को उद्घाटन गर्न बैशाख १ गते रारा ताल आउने कार्यक्रम छ ।

२०७४ चेत २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्