१ बैशाख । ६ प्रदेश आईडलको उपाधि जुम्लाका हिक्मत शाहीको पोल्टामा परेको छ । सिङ्गारो म्युजिक प्रालीको आयोजनामा वीरेन्द्रनगरमा शुक्रबार भएको आईडलको फिनाली मार्फत शाही प्रथम भएका हुन् । यसैगरी द्वितीय स्थानमा महेन्द्र विक, तृतीय स्थानमा खाँडाजी परियार र सान्त्वनामा पेमासन्दुक लामा रहेका छन् ।
६ प्रदेश आईडलमा प्रथम हुनेले तीन लाख, दोस्रोलाई २ लाख, तेस्रोलाई १ लाख र सान्त्वना हुनेलाई पचास हजार रुपैया नगद पुरस्कारको व्यवस्था गरिएको सिङ्गारो म्युजिक प्रालीका प्रवन्धक विशाल ढकालले बताए ।
प्रतिकृया दिनुहोस्