Birendranagar Municipality

कर्णालीको राराबाट प्रधानमन्त्री ओलीको सम्बोधन

सेरोफेरो/मुगु
कर्णालीको राराबाट प्रधानमन्त्री ओलीको सम्बोधन

१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट देशवासीलाई सम्बोधन गरेका छन् । नयाँ वर्ष २०७५ को अवसरमा आयोजित रारा-कर्णाली महोत्सवमा सहभागी हुन मुगु पुगेका ओलीले त्यहींबाट देशबासीका नाममा सम्बोधन गरेका हुन् ।

 

सम्बोधनका क्रममा कर्णाली समृद्ध भएमात्रै 'समृद्ध नेपाल, सुखी नेपाली'को अभियान सफल हुने उनले बताए । प्रधानमन्त्री ओलीले धनी र गरिबबीचको खाडल कम गर्न सरकार लागिपरेको बताए । उनले सोही सम्बोधनबाट विद्यार्थी भर्ना अभियान २०७५ को समेत शुरुवात गरे ।

 

प्रधानमन्त्री ओलीको समुपस्थितिमा शुक्रबार रारा ताल किनारमा कर्णाली प्रदेश सरकारको क्याविनेट बैठक बसेको थियो । कर्णाली प्रदेश सरकारले यसअघिनै २०७५ लाई भ्रमण बर्षको रुपमा मनाउने निर्णय गरिसकेको छ ।

हेर्नुहोस् सम्बोधन :

२०७५ बैशाख १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्