Birendranagar Municipality

क्षेत्रीय अस्पतालको चरम लापरबाही : डाक्टर समयमा नआउदा विरामीको ज्यान गयो

सेरोफेरो
क्षेत्रीय अस्पतालको चरम लापरबाही : डाक्टर समयमा नआउदा विरामीको ज्यान गयो

४ बैशाख । कर्णाली प्रदेशको एक मात्र ठुलो अस्पाताल मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पताल सुर्खेतको आकस्मिक कक्षमा डाक्टर समयमा नआउदा विरामीको ज्यान गएको छ । वीरेन्द्रनगर ९ सुर्खेतका ६० वर्षीय लोकबहादुर विसीलाई मुटुमा समस्या भई बेहोस भएपछि परिवारले तुरुन्त अस्पताल ल्याएका थिए । क्षेत्रीय अस्पताल सुर्खेतको आकस्मिक कक्षमा दुईघण्टा कुर्दा समेत डाक्टर नआएपछि बिरामीको ज्यान गएको मृतकका छोरा यादब विसीले बताएका छन् । उनले भने ‘अस्पतालको लापरवाहीका कारण बुवाको ज्यान गएको हो । एघार बजे हामीले बुवालाई अस्पताल ल्याएका थियौ तर एक बज्दासमेत डाक्टर नआएपछि बुवाको ज्यान गयो ।’


लामो समएदेखि मुटुको समस्या भएका बिसीको पहिलेनै उपचार भईरहेको थियो तर मंगलबार विहान एक्कासी बेहोस् भएपछि विसीका परिवारले उनलाई क्षेत्रिय अस्पताल सुर्खेत पुर्‍याएका थिए । उता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण सापकोटाले पनि डाक्टरको लापरवाही भएको स्विाकार गरेका छन् । उनले भने ‘दुई घण्टासम्म आकस्मीक कक्षमा बिरामीलाई कुराउनु डाक्टरको ठुलो लापरवाही हो ।

 

यसमा आवश्यक छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउंछौ ।’ जनशक्तिको अभाबका कारण पनी अस्पतालमा समस्या भएको उनको भनाई छ । उनले थपे ‘दरबन्दि अनुसार डाक्टर छैन । २४ जनाको दरबन्दि भएको क्षेत्रीय अस्पताल सुर्खेतमा ७ जना विशेषज्ञको दरबन्दी छ । तर दरबन्दि अनुसार एकजना समेत विशेषज्ञ छैन । मेडिकल सुपरीटेन्डेन समेत निमित्तमा चलाउन अस्पताल बाध्य छ ।’ सरकारले दरबन्दि दिने र डाक्टर नपठाएकोले यस्ता समस्या दिनप्रतिदिन बढ्दै गएको सापकोटाको भनाई छ ।


आकस्मिक कक्षमा डाक्टर नभई विरामीले ज्यान गुमाउनुपर्ने समस्या भने आगामी दिनमा नदोहोरिने समेत उनले बताएका छन् । मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा बिरामीले डाक्टरनै नभेटाउने यो नौलो घटना भने होईन । नारायण नगरपालीका ४ सोत दैलखबाट बिरामी बुवालाई उपचारका लागी सुर्खेत आएकी तुल्सी सुनारले ३ दिन सम्म पनि डाक्टर नआएका कारण रिपोर्ट नआएको गुनासो गरिन् ।

 

अस्पतालको लापरवाही बारे तरङ्गा सीस्नेपानीका शुसील भण्डारीले पनि खुलेरै बोले । उनले भने ‘ नत शौचालयमा पानी छ नत भांडा नै छ । ’ अस्पतालको यस्तो चरम लापरवाही कर्णाली प्रदेशका जनताले कहिलेसम्म भोग्नुपर्ला ?

२०७५ बैशाख ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्